स्वप्नील संसारबाट झल्याँस्स ब्युँझिदा,
बलिन्द्र धाराका बेहाेसीमा डुबाउदै,
निर्वस्त्र पारेकी मेरी आमालाई,
दस नङ्ग्राले लुछि रहेछन् मिलि,
राष्ट्रघाती, भ्रष्टचारी र देशद्राेहीहरू ।
नङ्ग्य्राएर रगताम्मे असहाय आमालाई,
कुलाङ्गारका पञ्जाबाट बचाउन खाेज्दा,
एकै स्वरमा स्वर मिलाइ भन्छन्,
अहँ तिम्राे एक्लाे प्रयासले केही हुन्न,
सक्छाै छिमेकीकाे समर्थन लिएर आउ,
सक्दैनौंभने निरीह भई हेरेर बस,
आखिर तिमीलाई थाहा छदै छ,
दुस्मनलाई काफी छ षड्यन्त्र फैलाउन,
आमाका सन्तान दाजुभाइ एउटै बन्छन् ,
घुँडाकाे खटिरा केवल नचलाएकै बेस,
यहीँ भ्रम जाल फाले भाे ।
आमाकाे अस्मिता रक्षा गर्नका निम्ति,
हिम्मत नहारी कम्मर कसेर लडे ती,
राष्ट्रघाती, भ्रष्टाचारी र देशद्राेहीहरूसँग,
सयाैं जात, भाषा र धर्मका सहयाेग लिई,
अदम्य साहसकाे धारिलाे हतियार बनाइ,
मेराे राष्ट्रभत्तिकाे सामु टिक्न नसकी,
फेरि चक्रव्यूह रच्न थाले यी,
कलङ्कित, अपभ्रष्ट स्वार्थीहरूका झुन्डले,
यस्ता झुन्डलाई सखाप पार्न अब,
जाज्वल्य क्रान्तिकाे झिल्काे बन्दै छु म,
भुसकाे थुप्राेमा सल्केको आगाे सरि,
नित्य अविनाशी भस्मासुरकाे प्रतिरूप बनी,
विखण्डनकारी दुई काैडीकाे,
भाउमा बिक्ने दलालहरूले,
मेरी आमाकाे आत्म स्वाभिमान,
बेच्न, लुट्न खाेज्दा वीरताका गाथा गाउदै,
लुटिन, बेचिन नदिनाका खातिर,
जहिले याे वीर याेध्दा शरीरमा दुई थाेपा,
रगत र एक मुठ्ठी सास रहुन्जेल ।
राष्ट्रघाती, भ्रष्टाचारी र देशद्राेहीहरूका,
अनगिन्ती दिग्भ्रम अाक्रमणबाट,
मेरी आमालाई सर्वदा अक्षुण्ण राख्दै,
चर्काे घाम, पानीको पीडाबाट मुक्ति दिलाउदै,
लिदै रक्षा कवच अजम्मरी सुरक्षाका लागि,
आमालाई ओत लाग्ने झुपडी बनाउनु छ ।
कैयौं चाेटले रन्थनिएर बेहाेसीमै ढली,
विरूप अर्धनग्न मेरी आमालाई,
अनमाेल आभूषणले सबै अङ्ग सुसज्जित पार्दै,
यथार्थ भाेगाइकाे हाेसमा ल्याई,
खुसी सद्भाव हर्षाश्रुका हाेलीले पखाल्नु छ ।
नङ्ग्य्राइ, चिथाेर्याइ थिलथिला भएका,
आर्तले चर्याएका दर्दनाक घाउमा,
धैर्य र सहानुभूति मिश्रित मलम लगाउदै,
महान् आमाकाे बुढेसकालमा ढाडस दिने,
गर्बिलाे दर्बिलाेयुक्त कुशल बैशाखी बन्नु छ । हित बहादुर मगर