Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

स्वरसम्राट् नारायणगोपालको नयाँ संगीत २८ वर्षपछि फेला पर्यो, रामकृष्ण ढकालको स्वरमा गीत बनाईदै

स्वरसम्राट् नारायणगोपालको नयाँ संगीत २८ वर्षपछि फेला पर्यो, रामकृष्ण ढकालको स्वरमा गीत बनाईदै


मध्यान्तर
  • शुक्रबार, माघ ११ २०७५

  • काठमाडौँ । स्वर सम्राट नारायण गोपालले बनाएको म्युजिक वर्षोपछि फेला परेको छ । उक्त संगीतमा गाएक रामकृष्ण ढकालले स्वर दिने भएका छन् ।

    ‘स्लो बिट’को हार्मोनियमको धुनमा गुनगुनाइरहेन गाएक नारायण गोपालको अडियो रेकर्ड करिब २८ वर्षपछि फेला परेको हो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

    त्यही धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ । केही समयअघि फेला परेको उक्त संगीतमा विष्णुबाबु देवकोटाको शब्द, प्रदीप श्रेष्ठको एरेन्ज (वाद्यसंयोजन) र रामकृष्ण ढकालले स्वर दिनेछन् ।

    नारायणगोपालका गीत संगीत र उनका अप्रकाशित सामग्रीको खोजी गर्दै आइरहेका नवराज लामाले उक्त धुन फेला पारेका हुन् ।

    प्रतिक्रिया
    थप समाचार