Online Nepal बुधबार, बैशाख २६ २०८१

बियरको बोतलले हानेर छोराको हत्या, बाबु पक्राउ

बियरको बोतलले हानेर छोराको हत्या, बाबु पक्राउ


मध्यान्तर
  • शुक्रबार, असोज १४ २०७९

  • बर्दिया । आफ्नै छोराको हत्या गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन्। असोज १२ गते बर्दियाको बारबर्दिया नगरपालिका ११ बिजयनगरका ४५ वर्षीय लौरंगलाल थारुले आफ्नो छोरा २० वर्षीय बिबेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए।

    बोतलले लागेर घाईते भएका बिबेकलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। उपचारको लागी आफन्तहरुले अस्पताल ल्याउने क्रममा सोही दिने बाटोमै मृत्यु भएपछि बाबु लौरंगलाल फरार भएका थिए।

    लौरंगलाल थारुलाई खोजतलास गर्ने क्रममा शुक्रबार बिहान गाउँबाटै पक्राउ परेका हुन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार