काठमाडौँ । प्रतिनिधि सभा संसदको आइतबार जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद अनुपस्थित भएका छन् ।
सरकारमा सामेल भइरहने वा सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने भन्नेबारे निर्णय लिन अहिले रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धारामा बसिरहेकोले रास्वपाका सांसदहरु अनुपस्थित भएका हुन् ।
रास्वपाका लागि छुट्याइएका संसदका कुर्सीहरु खाली छन् ।
हाल चितवन २ बाट निर्वाचत रास्वका सांसद रवि लामिछानेको सांसद पद खारेज भएपछि रास्वका १९ जना सांसद कायम हुन पुगेका छन् ।