Online Nepal शनिबार, बैशाख १५ २०८१

सेञ्चुरी बैंकको ९बौं वार्षिक उत्सवः निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान र विद्यालयलाई सहयोग

सेञ्चुरी बैंकको ९बौं वार्षिक उत्सवः निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान र विद्यालयलाई सहयोग


मध्यान्तर संवाददाता
  • बिहिबार, फाल्गुन २९ २०७६

  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ९बौं वार्षिक उत्सवको अबसरमा बैंकको प्रधानकार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी रहेको शिविरमा धेरै जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ३५ जनाभन्दा बढीको सहभागी थियो ।

    बैंक संचालक समितीका अध्यक्ष राजेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको बार्षिक कार्यक्रममा श्री महेन्द्र माध्यामिक विद्यालय हेलम्बु ( ६, सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर समेत प्रदान गरेको बैंकले जनाएको छ । त्यसैगरी बैंकले ‘आओर चाइल्ड केयर’ (OUR CHILD CARE) अनाथाश्रमलाई खाद्य सामाग्री पनि प्रदान गरेको छ ।

    बैंकले अन्य जानकारीका लागि आफ्नो वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार