Online Nepal शनिबार, बैशाख १५ २०८१

नबिल बैंकले सुरु गर्यो स्क्यान एन्ड वीथड्र सेवा

नबिल बैंकले सुरु गर्यो स्क्यान एन्ड वीथड्र सेवा


मध्यान्तर सम्बाददाता
  • बुधबार, साउन १४ २०७७

  • काठमाडौं । नबिल बैंकले नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउन ‘स्क्यान एन्ड वीथड्र’ सुविधाको सुरुवात गरेको छ । मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीथड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंकको काउन्टरबाट दैनिक एक लाख रुपैयाँसम्म झिक्न सक्नेछन् ।

    यस्तै मासिक १० लाख रुपैयाँसम्म झिक्न सक्ने बैंकले जनाएको छ । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । नबिलले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने जनाएको छ ।

    नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब नबिल बैंकका ग्राहक महानुभावले चेकरएटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नुहुनेछ ।”

    विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नविलले यस पद्धती मार्फत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको जनाएको छ ।

    ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।
    नविलका देश भरी ११८ शाखाहरु र १७८ एटिएम काउण्टरहरु रहेका छन् । नबिलले केहि साताअघि देशको पहिलो डिजिटल बैंक बन्न नबिल डिजी बैंकको स्थापना गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार