Online Nepal शनिबार, बैशाख २९ २०८१

एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः रमेश राज अर्याल नियुक्त

एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः रमेश राज अर्याल नियुक्त


मध्यान्तर संवाददाता
  • शुक्रबार, साउन २३ २०७७

  • काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले प्रमुख कार्यकारी अधिकृतमा दोस्रो कार्यकालको लागि पुनः रमेश राज अर्यालयलाई नियुक्त गरेको छ । बैंकको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

    बैंकले असोज १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि अर्याललाई नियुक्ति गर्ने निर्णय गरेको जानकारी दिएको छ । नेपाल ग्रिण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट ३० वर्ष अगाडिदेखि बैंकिङ्ग पेशा अँगालेका अर्याल विगत २४ वर्षदेखि एनसीसी बैंकमा कार्यरत छन् ।

    प्रतिक्रिया
    थप समाचार