Online Nepal शुक्रबार, बैशाख २८ २०८१

गरिमा बिकास बैंकको नाफा सामान्य घट्यो

गरिमा बिकास बैंकको नाफा सामान्य घट्यो


मध्यान्तर
  • शनिबार, साउन ३१ २०७७

  • गरिमा विकास बैंक लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५३ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.२७ प्रतिशत कम हो।खुद ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्ज र खर्च बढेका कारण बैंकको खुद नाफा घट्न गएको हो।

    अघिल्लो बर्ष को चौथो त्रैमासको तुलनामा बैंकको वितरण योग्य मुनाफा ११ करोड ६ लाख रुपैयाँ घटेर ३४ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ।

    यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४० करोड रुपैयाँबाट बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा भने  ८६ करोड ४६ लाख रुपैयाँबाट घटेर ७६ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवको तुलनामा बैंकको इम्पेरिमेन्ट चार्ज १७ करोड ६ लाख रुपैयाँ बढेको छ भने कर्मचारी खर्च ८ करोड ४७ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ५ करोड ४६ लाख रुपैयाँ बढेको छ।

    ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७२ करोड ६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ३५ करोड २७ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी २ अर्ब ७८ करोड रुपैयाँ, जगेडा कोष ५१ करोड ७३ लाख र रिटेन्ड अर्निङ्ग ४८ करोड ४७ लाख रुपैयाँ थियो।बैंकको निक्षेप २९ अर्ब ७६ करोड रुपैयाँबाट बढेर ४२ करोड ४३ लाख रुपैयाँ पुगेको छ भने कर्जा २८ अर्ब २१ करोड रुपैयाँबाट बढेर ३४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

    चुक्ता पूँजी बढेको र खुद नाफा घटेका कारण बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। अघिल्लो आवमा २१ रुपैयाँ ३२ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आवमा घटेर १६ रुपैयाँ ६५ पैसामा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात १३.३९ गुणा कायम भएको छ।

    बैंकको निष्क्रिय कर्जा ०.२० प्रतिशतबाट बढेर ०.८७ प्रतिशत पुगेको छ। बैंकको आधारदर ११.०९ प्रतिशतबाट ९.३१ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.८१ प्रतिशतबाट ४.९५ प्रतिशत पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार