Online Nepal आइतबार, बैशाख २३ २०८१

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपिओ आजबाट

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपिओ आजबाट


मध्यान्तर
  • बिहिबार, भाद्र ४ २०७७

  • काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ)आज  बिहीबार बाट बिक्री खुला भएको छ । इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरले ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

    कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

    यसमा  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ ।

    उक्त कम्पनीको सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसको  अर्थ कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।

    प्रतिक्रिया
    थप समाचार