Online Nepal बिहिबार, बैशाख २० २०८१

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा अगम मुखिया नियुक्त

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा अगम मुखिया नियुक्त


मध्यान्तर
  • शुक्रबार, असोज ९ २०७७

  • काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा अगम मुखिया नियुक्त गरेको छ । मुखियालाई सीईओ नियुक्त गर्न कम्पनी सञ्चालक समितिको सिफारिसलाई बीमा समितिले अनुमति दिएको हो । मुखिया यसअघि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका डेपुटी सीइओ थिए ।

    रिलायबलमा ४ वर्षसहित मुखियाको बीमा क्षेत्रमा करीब १५ वर्षको अनुभव रहेको छ । उनले नेपाल लाइफ इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजरको रुपमा करीब १० वर्ष काम गरेका थिए । मुखियाले काठमाडौँ युनिभर्सिटीबाट ब्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार