Online Nepal शनिबार, बैशाख २९ २०८१

सानिमा बैंकको बिग डिल एट सीतो डिल योजना सार्वजनिक

सानिमा बैंकको बिग डिल एट सीतो डिल योजना सार्वजनिक


मध्यान्तर
  • सोमबार, असोज २६ २०७७

  • काठमाडौँ  ।  नेपालीहरुको महान चाड दशैको अवसरमा सानिमा बैंकका ग्राहकहरुले ‘बिग डिल एट सीतो डिल’ योजना ल्याएको छ। उक्त योजना असोज २७ देखि कार्तिक १ गतेसम्म लागु हुने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको हो।

    अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो इ–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने बैंकले जनाएको हो।

    बैंकका अनुसार उक्त योजनामा सहभागी हुने ग्राहकलाई  ‘First come first serve’ का आधारमा छुट प्रदान गरिने छ। बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार