Online Nepal सोमबार, बैशाख २४ २०८१

एनआईसी एशिया बैंकको डिजिटल दक्षिणा योजना सार्वजनिक

एनआईसी एशिया बैंकको डिजिटल दक्षिणा योजना सार्वजनिक


मध्यान्तर
  • बुधबार, कार्तिक ५ २०७७

  • काठमाडौं । एनआईसी एशिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको छ । ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको बैंकले दशैंमा ग्राहक महानुभावहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग (MoBank) मार्फत प्रदान गरेको दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिनेछ ।यो योजना यस बैंकमा आबद्ध ग्राहक महानुभावहरूलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नुहुनेछ । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ । यस योजनाअन्तर्गत MoBank एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहक महानुभावहरूले MoBank एपमा रहेको ‘Digital Dakshina’ मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा Remarks मा Dakshina जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहक महानुभावहरूले १ कात्र्तिक देखि ५ मंसीर २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नुहुनेछ । यसै योजनाबाट सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडी बढाउन बैंकले ‘Celebrate For Cause’ योजना मार्फत यस बैंकको मोबाइल बैंकिङ्ग (MoBank) बाट QR, Utility, तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट रू. १ का दरले समाजिक उत्तरदायित्वका लागि योगदान समेत गर्नेछ । यस बैंकका करिब १२ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले १ कार्तिक देखि १० कार्तिक २०७७ सम्म गर्नुहुने डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिनेछ ।डिजिटल फष्ट बैंक बन्ने आफ्नो दीर्घकालिन रणनीतिअनुरुप बैंकले आफ्ना डिजिटल सेवा तथा सुविधाहरू बढी भन्दा बढी ग्राहक महानुभावहरू समक्ष पुर्याउन विभिन्न प्रवद्र्धनात्मक योजनाहरू सञ्चालन गरिरहेको छ । जस अनुरुप ग्राहक महानुभावहरूले MOBANK बाट भुक्तानी गर्दा Happy Hour योजनाबाट रू. ४००/–, Super Six Campaign योजनाबाट रू. ५००/- तथा अनलाइनबाट खाता खोली पहिलोपटक MOBANK मार्फत कारोबार गर्दा रू. ५००/– गरी मासिक रुपमा रू. १,४००/– सम्मको नगदफिर्ताको योजना समेत बैंकले सञ्चालन गरिरहेको छ । साथै बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । बैंकले अझ बढी यस्ता योजनाहरू थप गर्दै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा आकर्षित गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन सहयोग पुर्याउने विश्वास लिएको छ ।बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार