Online Nepal मंगलबार, बैशाख २५ २०८१

लाभांश पारीत गर्न कुमारी बैंकको साधरण सभा मंसिर २९ गते

लाभांश पारीत गर्न कुमारी बैंकको साधरण सभा मंसिर २९ गते


मध्यान्तर
  • आइतबार, मंसिर ७ २०७७

  • काठमाडौं कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न साधारण सभा आह्वान गरेको छ । बैंकले मंसीर २९ गते बैंकको रजिस्ट्रार कार्यलय टंगाल काठमाण्डौमा बिहान साढे ११ बजो सभा बोलाएको हो। कोरोनाका भाइरसको जोखिमका कारण सभामा अनलाईन मार्फत समेत सहभागी हुन सक्ने व्यवस्था बैंकले मिलाएको छ। जसकाे लागि बैंकले जुम मिटिङ आइडि र पासवर्ड उपलब्ध गराउनेछ।

    साधारण सभामा बैंकले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको ३.१५ प्रतिशत नगद लाभांश र १०.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ

    साधारणसभा प्रयोजनको लागि बैंकले मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने भएकोले मंसिर १४ गतेसम्म काएम भएका शेयरधनीहरुले प्रतावित लाभांश र सभामा भाग लिन पाउने छन्।

     

    प्रतिक्रिया
    थप समाचार