Online Nepal शनिबार, बैशाख १५ २०८१

सुरज आर्केड व्यापार सघंको अध्यक्षमा पुनः स्वांर निर्वाचित

सुरज आर्केड व्यापार सघंको अध्यक्षमा पुनः स्वांर निर्वाचित


मध्यान्तर
  • शनिबार, पुष २८ २०७५

  • काठमाडौं । काठमाडौंको पहिलो सपिङ मल सुरज आर्केड व्यापार सघंको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले हेम स्वांरको अध्यक्षतामा ११ सदस्य कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा नरेश तुलाधर, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा शुर्वण श्रेष्ठ, कोषाध्यक्षमा गणेश थापा क्षेत्री र सह–कोषाध्यक्षमा सुरेश कुमार खड्का चयन भएका छन् भने अन्य ५ व्यवसायी केन्द्रिय सदस्यमा पदमा निर्वाचित भएका छन् ।

    उक्त साधारण सभाको सभापतित्व गरेका अध्यक्ष हेम स्वांरले सुरज आर्केड व्यापार सघं मातहतका व्यवसायीबाट उच्चस्तरीय विदेशी उपभोग्य सामान उपलब्ध गराउन सफल हुँदै आएको जानकारी गराएका छन् ।

    यो सहित समान बिक्रीमा समेत पूर्ण मूल्यका भ्याट बिल जारी गरीएकाले व्यवसायीलाई धन्यवाद दिँदै राज्यको भ्याट असुलीमा व्यापार सघंको प्रत्यक्ष साझेदारी हुने बताइएको छ । कार्यक्रममा व्यापार सहजीकरण, लगानी मैत्री वातावरण, बैक ब्याज तथा भन्सार जाँच पास सहजीकरणका विषयमा विभिन्न वक्ताहरूले आफ्नो धारण राखेका थिए ।

    प्रतिक्रिया
    थप समाचार