Online Nepal सोमबार, बैशाख २४ २०८१

नेप्से परिसूचक ६३.३८ अंकले वृद्धि

नेप्से परिसूचक ६३.३८ अंकले वृद्धि


मध्यान्तर
  • आइतबार, चैत्र ८ २०७७

  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक भारी अंकले वृद्धि भएको छ ।  आइतबार  नेप्से परिसूचक ६३.३८ अंकले वृद्धि भएर २५३८.४७ अंकमा पुगेको छ ।

    नेप्सेसँगै उपसूचकहरुमा पनि हरियाली छाएको छ । म्युचुअल फन्डसहित १३ उपसूचक रहेको नेप्सेमा १३ वटै उपसूचकमा हरियाली छाएको हो । लघुवित्त उपसूचक सर्वाधिक ५.७ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक ५/३६ प्रतिशत, निर्जीवन बिमा उपसूचक ४. ५९ प्रतिशत र जीवन बिमा उपसूचक ४.४४ प्रतिशतले बढेको छ । त्यसबाहेक उत्पादन उपसूचक ३/१३ प्रतिशत, अन्य उपसूचक २.९८ प्रतिशत र बजारलाई लिड गर्ने १.५१ प्रतिशतले बढेको छ ।

    बजार परिसूचकसँगै कारोबार रकम पनि उकालो लाग्न लागेको छ । गएको साता ३ अर्बमा झरेको कारोबार रकम क्रमशः बढ्दै गएको छ । आज नेप्सेमा ८० हजार ९८६ पटकमा २०६ कम्पनीको १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ९८ लाख २५ हजारको कारोबार भएको छ ।आज बजारमा कारोबार रकममा नेपाल बंगलादेश बैंकले लिड गर्दा नेपाल लाइफले पछ्याएको छ । नेपाल बंगलादेश बैंकको ३९ करोड ९० लाख २२ हजारको र नेपाल लाइफको ३१ करोड २० लाख ९४ हजारको कारोबार भएको छ । आज नेप्सेमा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा स्वरोजगार, मिथिला, सूर्योदय, सामुदायिक र समिट लघुवित्त रहेका छन् । यस्तै, चन्द्रागिरि हिल्स, किसान लघुवित्त, स्वाभिमान माइक्रोफाइनान्स र युनाटेड इदी मार्दी हाइड्रोपावर रहेका छन् । यस्तै घलेम्दी हाइड्रो र खानिखोला हाइड्रोको सेयर मूल्य भने ६ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    थप समाचार