Online Nepal मंगलबार, बैशाख २५ २०८१

ज्योति लाइफको आईपीओ शुक्रबार बाँडफाँड हुने

ज्योति लाइफको आईपीओ शुक्रबार बाँडफाँड हुने


मध्यान्तर
  • मंगलबार, चैत्र १० २०७७

  • काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले मंगलवार प्रिअलोर्टमेन्ट गरेर  आगामी शुक्रबार बाँडफाँड हुने जनाएको छ ।

    कम्पनीले गएको फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात तीन लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका सर्वसाधारणको लागि बिक्री खुला गरेको थियोे ।

    कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४९६ आवेदकबाट तीन करोड ८४ लाख ८६ हजार २२० कित्ता सेयर माग गर्दै आवेदन परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

    कुल आवेदकको संख्या १८ लाख ४२ हजार भए पनि योग्य आवेदकको संख्यामा केही घट्न सक्नेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार १० कित्ताको दरले बाँडफाँड गर्नपर्ने हुन्छ । सर्वसाधारणको लागि निष्कासन गरेको ५९ लाख ४० हजार कित्ता सेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ५ लाख ९४ हजार आवेदकले पाउनेछन् । बाँकी रहेका करिब साढे १२ लाख आवेदकको भने हात खाली हुनेछ ।

    हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनपछि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर हिस्सा ७०ः३० प्रतिशत हुनेछ ।

    ल्

    प्रतिक्रिया
    थप समाचार