Online Nepal सोमबार, बैशाख २४ २०८१

बुधबार नेप्से परिसूचक ४१.३६ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ४१.३६ अंकले बढ्यो


मध्यान्तर
  • बुधबार, चैत्र ११ २०७७

  • काठमाडौं । बुधबार नेप्से परिसूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ७.०६ अंकले बढेर ४५५.९५ विन्दुमा पुगेको छ। यस्तै बुधबार कारोबार  रकम पनि बढेको छ। यस दिन २०८ वटा कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँमा खरिद बिक्री भएको छ।यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर उपसमूहबाहेक १२ उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ। यस दिन साल्ट ट्रेडिङ र्कोरेशनको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको ९.९७ प्रतिशत, चन्द्रागिरी हिल्सको ९.९५ प्रतिशत, आरएसडिसि लघुवित्तको ९.९४ प्रतिशत, माउन्टेन हाइड्रोको ९.९२ प्रतिशत र कालिका पावर कम्पनीको ९.७६ प्रतिशतले बढेको छ।यता रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.६० प्रतिशतले घटेको छ भने उपर तामाकोशिको ३.२६ प्रतिशत, साञ्जेन जलविद्युतको ३.२१ प्रतिशत, खानीखोला हाइड्रोपावरको २.३४ प्रतिशत, जोशी हाइड्रोको २.२९ प्रतिशत र आँखु खोला हाइड्रोको १.९६ प्रतिशत घटेको छ। बुधबार नेपाल इन्फ्रस्ट्रक्चर बैंकको सबैभन्दा धेरै ६५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको ४१ करोड ५७ लाख, नेपाल बंगलादेश बैंकको ३४ करोड ५८ लाख, जलविद्युत लगानी ता विकास कम्पनीको २५ करोड १७ लाख र अपि पावरको १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन कारोबारमा आएका १४६ कम्पनीको शेयरमूल्य बढेको छ भने २१ कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयर मुल्यमा कुनै परिवर्तन आएन।

    प्रतिक्रिया
    थप समाचार