Online Nepal आइतबार, बैशाख १६ २०८१

चौधरी ग्रुपको स्वास्थ्यवद्र्धक पेय ‘माल्टोजिङ’ बजारमा

चौधरी ग्रुपको स्वास्थ्यवद्र्धक पेय ‘माल्टोजिङ’ बजारमा


मध्यान्तर
  • मंगलबार, फाल्गुन १४ २०७५

  • काठमाडौं । चौधरी समूह उत्पादनशील क्षेत्रमा स्थापित नामले पहिचान बनाई सकेको छ । यही समूहको सहकार्यमा माल्टोजिङ नामक स्वास्थ्यवर्धक उत्पादन बजारमा ल्याउन सफल भएको छ । कम्पनीले न्युट्रासिटिकल विभाग स्थापना गरी बि.एल.सी होल्डीङस अन्र्तगत इन्सटयान्ट मिल्स प्रा.लिमार्फत पूर्ण प्राकृतिक जौं बाट उत्पादित सबै वर्ग र उमेर लक्षित माल्टोजिङ क्लासीक र चकलेट सहित दुई उत्कृष्ट स्वादमा उपलब्ध भएको जनाएको छ । सबै वर्गमा पहुँच वृद्धिका लागि प्रतिपर्थी मूल्य विषेश आकर्षण रहेको छ ।

    यस कारण माल्टोजिङ चकलेट फलेवर रु.३३०/– र माल्टाको रु. ३५०/– उपभोक्ता मूल्य तोकिएको कम्पनीले जनाएको छ । नेपालको सातै प्रदेशका सबै सहरमा सहजै भेटिने यस पेयमा शरीरलाई आवश्यक पर्ने आयो डिन, भिटामिन ए, डी र सी का साथै सबै खनिज पदार्थले भरिएको कम्पनीको दाबी छ । यसबाट ग्रामीण क्षेत्रको बालबालिकामा देखिने कुपोषणलाई निर्मूल पार्न समेत यो ब्रान्ड सहयोगी हुने कम्पनीले विश्वास लिएको छ ।

    बि.एल.सी होल्डीङसका प्रबन्ध निर्देशक पारस शाक्यका अनुसार माल्टोजिङ मित्र राष्ट्र भारतमा उत्पादन गरिएको भए पनि यसमा पाइने सम्पूर्ण खनिज तत्व चौधरी समूहका खाद्य प्राविधिज्ञबाट सुझाएको छ । बजारमा उपल्वध यस्तै प्रकारका पेय पदार्थलाई चिकित्सले जङ्ग फुड अन्र्तगत राख्ने गर्दछ । भने माल्टोजिङमा खनिज पदार्थ मात्र भएकोले यसको सेवनबाट शरीरमा अन्य असर नहुने उनको दाबी छ ।

    त्यस्तै कम्पनीका कार्यकारी निर्देशक होम नाथ न्यौपानेका अनुसार माल्टोजिङ उत्पादन प्रविधिमा विश्व स्वास्थ्य सगंठनले सुझाएको उत्पादन मापदण्डलाई अपनाइएको छ । यसकलाई भारतीय कम्पनीले एफ.एस.एस.आई गुणस्तर प्रमाणीकरण गरेको छ , जुन सगंठनको खाद्य र औषधि उत्पादन प्रक्रिया मापदण्ड भित्र पर्ने गर्दछ ।

    नेपालमा यस प्रकारका पेय पदार्थको कारोबार वार्षिक एक सय ८० करोडको हुने गर्दछ । जस मध्ये अत्यधिक मन पराइएको माल्टले ७० प्रतिशत बजार हिस्सा ओगटेको छ , बाँकी ३० प्रतिशत चकलेट फेल्वरको छ । भने माल्टोजिङले दुवै श्रेणीमा उच्च बजार हिस्सा ओगट्ने लक्ष्य सहित तिब्र बजारीकरणमा उत्रिएको उनले खुलासा गरेका छन् । त्यस कारण स्वास्थ्य वर्धक माल्टोजिङ उपभोग गरी शरीरलाई स्वस्थ राख्दै नेपाली उत्पादनलाई टेवा दिन समेत उनले अनुरोध गरे ।

    प्रतिक्रिया
    थप समाचार