Online Nepal शनिबार, बैशाख १५ २०८१

आन्तरिक रावश्व अनुसन्धान विभागद्वारा म्यानपावर कम्पनीहरुमाथि अनुसन्धान

आन्तरिक रावश्व अनुसन्धान विभागद्वारा म्यानपावर कम्पनीहरुमाथि अनुसन्धान


मध्यान्तर
  • बिहिबार, बैशाख ५ २०७६

  • काठमाडौं । आन्तरिक रावश्व अनुसन्धान विभागले कर छली गरेको भन्दै आधा दर्जनभन्दा बढी म्यानपावर कम्पनीहरुमाथि अनुसन्धान गरिरहेको छ । विभागले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दा कर छली गरेको अभियोगमा म्यानपावरमाथि अनुसन्धान गरि मुद्दा दर्ता गर्ने तयारी गरिरहेको हो ।

    वैदेशिक रोजगारीको नाममा म्यानपावरले ठूलो मात्रामा राजश्व छली गर्ने गरेको र विदेशमा कामदार पठाएको यथार्थ विवरण नबुझाएको भन्दै ती म्यानपावरहरुमाथि अनुसान्धान गरि मुद्दा दर्ता गर्ने लागिएको विभागले जनाएको छ ।

    म्यानपावरहरुले वार्षिक आय र कारोवार वैदेशिक रोजगार विभागमा बुझाउदा पनि थोरै मात्र देखाएर बुझाउने गरेका छन् । धेरै सख्यामा कामदार रोजगारीमा पठाएपनि कम मात्र आय स्रोत देखाएर कर छली गर्नेगरेको भन्दै राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

    म्यानपावर कम्पनीले राजश्व बुझाएको विषयमा अध्ययन गरिरहेको र कर छली गर्ने म्यानपावरविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको आन्तरिक रावश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार