Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १०.५२६३ प्रतिशत लाभांश घोषणा

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १०.५२६३ प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • बिहिबार, मंसिर ११ २०७७

  • काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले   १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    कम्पनी संचालक समितिको बुधबार  बसेको बैठकले चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

    प्रतिक्रिया
    थप समाचार