Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा

प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • आइतबार, मंसिर १४ २०७७

  • काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट आर्थिक वर्ष २०७५/७६ को लागि हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश ९बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित० गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    यस अनुसार इन्स्योरेन्सले १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस शेयर र १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।  शुक्रबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

     

    प्रतिक्रिया
    थप समाचार