Online Nepal आइतबार, बैशाख २३ २०८१

काठमाडौंको अधिकांश व्यवसाय धरापमा

काठमाडौंको अधिकांश व्यवसाय धरापमा


मध्यान्तर
  • सोमबार, साउन १२ २०७७

  • काठमाडौं । काठमाडौंमा लामो समय देखि व्यवसाय गरिरहेका धेरै जसो भाषा शिक्षण संस्था, ट्युसन सेन्टर, कम्प्यूटर इन्चीट्युट, होटल व्यवसाय लगायतका धेरै व्यवसाय अब के हुने हो भन्न सक्ने अवस्था रहेको छैन । लगातार चार महिना बन्द पश्चात खुलेको व्यवसायलाई न सरकारवाला ले कुनै राहत दिने नयाँ नीति नियम लेराउन सकेको देखिन्छ न घरवाला ले नै कुनै घर छुट दिन सकेको छ । त्यसै कारण लगातार धेरै वर्ष देखि काम गरि रहेको व्यवसायीलाई त यो कोरोना कहरको मारबाट छुटकारा पाउन गाह्रो भयो भने दैनिक ज्याला मजदुरी गरिखानेको अवस्था कस्तो होला । कस्ले बुझिदीने हो उनिहरुको अवस्था । सत्ताधारी आफ्नो पद जोगाउनमा व्यस्त छन् भने विश्वनै कोरोना कहर बाट अछुटो रहन नसकेको बेला विभिन्न कारण औंद्योगिक क्षेत्र, साना उद्योग, होटल तथा विभिन्न कन्सलटेन्सि धरापमा पर्न गएको देखिन्छ ।
    लकडाउनका कारण धेरै व्यक्ति घर बाट कार्यक्षेत्र फर्कन सकेको देखिदैन भने व्यवसाय बन्द भएको कारण अब कसरी घर भाडा तिर्ने भन्ने सोचमा छन् । अब व्यवसायलाई निरन्तरता दिने कि छोड्ने मनस्थीतिमा दोधारको स्थितिमा पुगेको एक कन्सलटेन्सि व्यसायीले बताउनु भएको थियो । यस्तोबेलामा सरकार निकाय, घर धनि र ब्यवसीले पनि कुनै उदाहारणीय कार्य गर्न सकेको देखिन्न भने कोरोनाको कारण धेरै संस्था छोड्ने मनस्थीति बनाएको देखिन्छ । यस्तो अवस्थामा सरकारले पनि केही उपाय अवलम्बन गर्न सकेन भने बेरोजगारीको भया भय स्थीति नआउन भन्न सकिन्न ।

    प्रतिक्रिया
    थप समाचार