Online Nepal आइतबार, बैशाख २३ २०८१

होटल व्यवसायीले होटल कसरी अगाडी बढाउलान्

होटल व्यवसायीले होटल कसरी अगाडी बढाउलान्


मध्यान्तर सम्बाददाता
  • बिहिबार, साउन १५ २०७७

  • काठमाडौँ । लामो समय देखी कोरोना कहरको कारण नेपाल अधिराज्यभर को होटल आजबाट औपचारीक रुपमै होटल व्यवसाय खुल्ने भएका छ । गत चैत्र ११ गते देखि मुलक पूणर्तः लकडाउनमा गएसँगै बन्द हुनपुगेका नेपाली होटल तथा पर्यटन व्यवसाय लामो समयपछि बिहिबारबाट फेरी सन्चालनमा लेराउने तयार भइरहेको छ । आजै राजधानीका केही तारे होटलसहित साना तथा मझौला होटल तथा रेष्टुरेन्टहरु सञ्चालन आउने भएका छन् । काठमाडौँस्थित काठमाडौं गेष्ट हाउस, हायात, साङ्ग्रीला, र्‍याडिसन, होटल मल्ललगायत तारे होटलहरुले व्यवसाय सञ्चालनको लागी तयारी गरीरहेका छन् ।

    होटलमा रोजगार गरिरहने व्यक्तिहरु भने महिनामा एक हप्ता होटल मा काम नीरन्तर दिने र थोरै पैसा प्राप्त हुन्छ भन्ने एक काठमाडौं होटलमा काम गर्ने व्यत्तिले भन्नु भएको छ । व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल(हान)ले भने सरकारले व्यवसायमा फर्कन आह्वान गरेपनि वातावरण सहज भइनसकेकाले आफुहरु पर्ख र हेरको अवस्थामा रहेको बताएको छ । एशोसिएशनको तर्फबाट कुरा गर्दै अध्यक्ष सिर्जना राणाले कोभिड-१९ को संक्रमण र सन्त्रास रहेकै बेला व्यवसायमा फर्किनु पर्दा बजारको अवस्थालाई हेरेर व्यवसाय सञ्चालन गर्ने बताइन् ।

    प्रतिक्रिया
    थप समाचार