Online Nepal मंगलबार, बैशाख २५ २०८१

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो इभी लोन फेष्टिभ अफर

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो इभी लोन फेष्टिभ अफर


मध्यान्तर
  • मंगलबार, भाद्र २६ २०८०

  • काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले इभी लोन फेष्टिभ अफर “RBBL EV loan Festive offer ” चाड पर्व विशेष योजना ल्याएको छ।

    बैंकले नेपालीहरुको राष्ट्रिय पर्वहरुको अवसर पारी यहि भाद्र २६ गतेदेखि लागू हुने गरी “यो वर्षको फेष्टिभ जोन, आरवीवीको इभी लोन” भन्ने नाराका साथ “ RBBL EV loan Festive offer ” चाड पर्व विशेष योजना ल्याएको हो।

    बैंकले सोमबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, “नेपाल सरकार र नेपाल राष्ट्र बैंकले देशमा पेट्रोलियम पदार्थ आयातमा अत्याधिक विदेशी मुद्रा खर्च हुने गरेको हुँदा सो को खपत घटाउन विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ। राष्ट्रिय बाणिज्य बैंक पनि सरकारी स्वामित्वको बैंक भएकोले सरकारको नीति तथा लक्ष्य प्राप्तीको लागि पहल गर्नु पनि यस बैंकको नैतिक दायित्व हो।”

    यस चाड पर्व विशेष योजना अन्तर्गत बै‌कको ब्याजदरमा सबैभन्दा न्यून, प्रशोधन शुल्क, अग्रिम भुक्तानी लागत, अधिकतम कर्जा सीमा लगायत विभिन्न सेवा सुबिधामा छुट हुने उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार