Online Nepal शनिबार, बैशाख १५ २०८१

आधा दर्जन वाणिज्य बैंकहरुले घर र सवारी कर्जाको ब्याजदर सार्वजनिक गरे

आधा दर्जन वाणिज्य बैंकहरुले घर र सवारी कर्जाको ब्याजदर सार्वजनिक गरे


मध्यान्तर
  • बुधबार, भाद्र ३१ २०७७

  • काठमाडौं ।  वाणिज्य  बैङ्कहरुले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले हरेक महिना सुरु हुनुभन्दा अघिल्लो दिनसम्ममा नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने निर्देशन दिएपछि बैङ्कहरुले महिना सुरु हुनु एक दिनअगावै ब्याजदर सार्वजनिक गरेका छन् ।

    सवारी तथा घर कर्जामा यस्तो छ  ब्याजदर :

    १) राष्ट्रिय वाणिज्य बैंक  

    यो बैंकले घर कर्जामा न्यूनतम ७.३ प्रतिशतदेखि अधिकतम ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले घर कर्जातर्फ ५ वर्षसम्मका लागि ७.३ प्रतिशतदेखि ७.८० प्रतिशतसम्म र १० वर्षका लागि ७.८० प्रतिशतदेखि ८.३ प्रतिशतसम्म र १५ वर्षका लागि ८.३ प्रतिशतदेखि ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको हो ।यस्तै  गाडी कर्जामा आधारदरमा ३.२५ प्रतिशतसम्म र विद्युतीय सवारीमा १.५० प्रतिशतसम्म थप लिन पाउने व्यवस्था छ । यसको आधारदर ५.८ प्रतिशत छ ।

    २) माछापुछ्रे बैंक 

    यो बैंकले कर्जाको ब्याजदरमा न्यूनतम १०.६९ प्रतिशतदेखि अधिकतम १३.६९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले हालको आधारदर ८.६९ प्रतिशत तोकेको छ । सो आधारदरमा अधिकतम ५ प्रतिशतसम्म थप गरेर घर तथा सावारी कर्जा प्रवाह गराउने बैंकले जनाएको छ ।

    ३) मेगा बैंक 

    मेगा बैकको आधारदर  ८.३० प्रतिशत छ । सो अनुसार बैङ्कले कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैङ्कले न्यूनतम १ वर्षसम्मका फिक्स्ड ब्याजदरमा पनि कर्जा प्रवाह गर्ने भएको छ । जसमा होम लोन, टम लोन, अटो लोन, एजुकेसन लोन लगायत कर्जामा १३.३ ब्याजदरमा प्रवाह गर्ने घोषणा गरेको छ ।

    ४) नेपाल इन्भेस्टमेन्ट बैंक 

    यो बैंकले कायम गरेको बेसरेट ७.४९ प्रतिशत छ । जस अनुसार  कर्जाको ब्याजदर निर्धारण गरेको हो । बैंकले ७ वर्षे घर कर्जाको १०.५० प्रतिशत र १० वर्षे घर कर्जाको  १२.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै बैंकले ७ वर्षे र १० वर्षे सवारी कर्जाको ब्याजदर क्रमशः ११ प्रतिशत र १३ प्रतिशत निर्धारण गरेको छ ।

    ५) नबिल बैंक 

    यस बैंकको  २०७७ साउन मसान्तसम्म आधारदर ७.१९ प्रतिशत छ । यसले घर तथा गाडी कर्जामा अधिकतम पाँच प्रतिशतसम्मको ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । यो आफ्नो  स्थापनाको ३६औँ वर्ष पुगेको अवसरमा कर्जाको ब्याजदरमा नयाँ अफर ल्याएको छ । जसअनुसार आर्थिक वर्ष सुरु भएको पहिलो त्रैमासमा ऋण लिने ऋणीले यो अफर सदुपयोग गर्न सक्छन् । बैैंकका  अनुसार यो अफर एक वर्षका लागि मान्य हुनेछ भने एक वर्षसम्म ब्याजदर परिवर्तन  भने हुने छैन ।

    ६) एनसीसी बैंक                                                              एनसीसी बैंकको असार मसान्तसम्मको आधारदर ९.०३ प्रतिशत रहेको छ । बैंकले यसै आधारदरका आधारमा कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकबाट  कर्जा लिँदा ११.०३ देखि १४.०३ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ ।बैंकबाट  सवारी कर्जा लिँदा १३.०३ प्रतिशत ब्याज लाग्ने छ भने घर कर्जा लिँदा १४.०३ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

    ७) एभरेस्ट बैंक 

    यो बैंकको साउन मसान्तसम्मको आधारदर ७.४८ प्रतिशत रहेको छ । बैंक बाट  कर्जा लिँदा १२.४८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट  हाउजिङ, भेहिकल ऋण लिँदा १२.४८ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

    प्रतिक्रिया
    थप समाचार