Online Nepal सोमबार, बैशाख २४ २०८१

प्रधानमन्त्रीद्वारा सिंहदरबारमा नयाँ संसद भवनको शिलान्यास

प्रधानमन्त्रीद्वारा सिंहदरबारमा नयाँ संसद भवनको शिलान्यास


मध्यान्तर
  • बुधबार, असोज १ २०७६

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद भवनको शिलान्यास गरेका छन् ।

    बुधबार प्रधानमन्त्री ओलीले भवन निर्माणस्थलमा पूजापाठसहित भवनको शिलान्यास गरेका हुन् ।  प्रधानमन्त्रीसहित प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र नेकपाका उपनेता,पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ पनि शिलान्यासमा पुगेका थिए । संघीय संसद भवन निर्माणको काम तीन वर्षभित्र  सम्पन्न गरिसक्ने लक्ष्य छ ।

    भवन निर्माणमा भ्याटबाहेक ७ अर्ब रुपैयाँ लाग्नेछ । आफ्नै भवन नहुँदा हाल संघीय संसद भवन भाडामा छ ।

    प्रतिक्रिया
    थप समाचार