Online Nepal मंगलबार, बैशाख २५ २०८१

सम्पादकीय: लकडाउनलाई कोरोनाको औषधि नबनाउँ !

सम्पादकीय: लकडाउनलाई कोरोनाको औषधि नबनाउँ !


मध्यान्तर
  • शनिबार, भाद्र ६ २०७७

  • नेपालमा लकडाउन चार महिनापछि के खुलेको थियो फेरी सुरु भएको छ । आम जनता घरमा थुनिएर बसेका थिए, एउटा त कोरोना महामारीबाट बच्न, अर्को संक्रमण्म फैलिनबाट रोक्न । चार महिनाको बिच जनता पुरा निराश भइ आ–आफ्नो काममा फर्किएका थिए तर संक्रमण झन् फैलिन र बढी देखा पर्न थालेपछि सरकारले निषेधाज्ञा नै जारी गर्यो । तर सरकारले जनताको अवस्थाका बारेमा केहिपनि सोचेको छैन । धेरैको रोजगार गुमेको छ । सयौंले आर्थिक मन्दी थेग्न नसकेपछि आत्महत्या गरेका छन् । सरकारले यसको बारेमा केहि सोचेको छ ? साउनमा लकडाउन किन खोलियो ? आज आएर फेरी किन लकडाउन गरियो । लकडाउन गर्नुमा कुनै स्वार्थ समुहले काम गरेको त छैन ? शंका गर्नुपर्ने अबस्था आएको छ ।

    असार महिना आर्थिक बर्षको अन्तिम महिना राजस्व संकलन गर्न जनताबाट र व्यवसायीबाट जबरजस्त राजस्व उठाई सरकारले फेरी बन्द गर्यो । अहिले जनता रोगले भन्दा पनि भोकले आजित छन् । लकडाउन कहिलेसम्म हुने हो ठेगान छैन । सरकारसँग कोरोना रोकथाम गर्ने न कुनै योजना छ न कुनै तयारी छ । छ त केवल कोरोना बढ्यो लकडाउन गर्नुपर्यो भन्ने मनस्थिति । बन्द गर्यो सकियो ! यदी एउटा व्यक्तिको पिसिआर पोजेटिभ देखियो भने त्यसलाई उपचार गर्न अस्पताल छैन । अस्पतालले भर्ना लिने अवस्था आउँदा सरकारले होम आइसोलेसनमा बस भन्छ । होम आइसोलेसनमा बस्दा उसको छुट्टै कोठा, सौचालय केहि हुँदैन । त्यो घरमा दर्जनौं अरु मानिस पनि बस्छन् । अनि रोग नियन्त्रण कसरी हुन्छ ।

    यो सरकार नै कोरोना बृद्धि गर्नेतर्फ अग्रसर भइरहेको छ । अब जनता आफै सचेत हुन जरुरी छ । सरकारको हातमा बन्द गर्ने तालाचावी मात्र छ, उसँग अरु उपाय छैन । आफै सामाजिक दूरी कायम गरी आफ््नो काम गर्ने बातावरण आफैं बनाउनुपर्छ । राज्यले यो निषेधाज्ञा असोजमा मात्रै खुलाउने संकेत गरेको छ । किनभने असोज महिना राजस्व उठाउने पहिलो त्रैमास हो । आज विश्वका कयौं सम्पन्न राज्यहरु विना लकडाउन रोग नियन्त्रण गरिरहेका छन् । तर हाम्रोमा राज्यले जनतालाई भेडाबाख्रा जस्तो झैं थुनेर रोग नियन्त्रण गर्न खौज्नु महा मुर्खता हो । त्यसैले सरकारले अब बन्द गर्ने होइन, निश्चित मापदण्ड बनाएर अर्थतन्त्र चलायमान गर्न तत्काल लकडाउन वा निषेधाज्ञा हटाएर जनतालाई राहत दिलाउन सक्नुपर्दछ ।

     

    प्रतिक्रिया
    थप समाचार