Online Nepal शनिबार, बैशाख २२ २०८१

पिम नेपाल डकुमेन्ट्री फिल्म फेष्टिवल भव्यरुपमा सम्पन्न

पिम नेपाल डकुमेन्ट्री फिल्म फेष्टिवल भव्यरुपमा सम्पन्न

विभिन्न १४ वटा विधामा डकुमेन्ट्री मेकरहरु अवार्डेड


मध्यान्तर
  • शुक्रबार, पुष ६ २०७५

  • काठमाण्डौ, प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको पीम नेपाल डकुमेन्ट्री फिल्म फेस्टिभल २०१८ सम्पन्न भएको छ । राजधानी काठमाण्डौको भृकुटी मण्डपमा रहेको नेपाल पर्यटन वोर्डमा एक कार्यक्रमका विच चार दिने डकुमेन्ट्री फिल्म महोत्सवको समापन गरिएको हो । गोकर्णेश्वर नगरपालिकामा नगर प्रमुख सन्तोष चालिसेका प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको फेष्टिवल भव्य र सभ्यरुपमा समापन भएको आयोजक समितिले जनाएको छ । समापन समारोहमा बोल्दै प्रमुख अतिथि चालिसेले पर्यटन प्रवद्र्धन गर्न लागि पर्ने पिम नेपाल जस्ता संस्थाहरुसंग सहकार्य गर्न तयार रहेको बताए । गोकर्णेश्वर नगर भित्र पर्यटन भित्र्याउन अधिकतम पहल गरिने बताउदै पर्यटन प्रवद्र्धनको लागि पिम नेपालले गरेको कार्यको प्रशंसा गरेका थिए ।


    समापन समारोहमा चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, गीतकार शान्तिप्रिय, वरिष्ठ पत्रकार भरत बम्जन, निर्देशक तथा चलचित्र सेन्सर वोर्डका सदस्य सुवाश गजुरेल, निर्देशक मोहन निरौला, गायक सिताराम पोखरेल, निर्देशक जनक खकुरेल, नायक श्रीदेव भट्टराई, डकुमेन्ट्री मेकर लव प्याकुरेल, समाजसेवी पुजा पोखरेल, सोमा खत्री संचारकर्मी राजन थापा, अर्जुन खरेल, राजन खरेल, अरविन्द्र गौतम, सन्तोष सुवेदी, सविना मोक्तान लगायत सञ्चारकर्मी, समाजसेवी तथा चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो ।

     


    साथै फेष्टिवलमा सहभागी १५० भन्दा बढी डकुमेन्ट्रि तथा सर्ट फिल्महरु मध्य ३० वटा फिल्महरु पर्यटन बोर्डमा देखाईएको थियो । कुल १२ वटा विधाको लागी १८० भन्दा बढी डकुमेन्ट्री तथा सर्ट फिल्महरु सहभागी भएको आयोजक समतिका अध्यक्ष कमला जोशीले वताईन् ।
    मानव अधिकार, विकास निर्माण, पर्यटन, स्वाथ्य एवं शिक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक, सामाजिक उत्तर दायित्व लगायत ६ वटा क्याटागोरीका छायांकार, सम्पादक, निर्देशक, स्कृप्ट लेखन, स्वरांकन र पाश्र्व संगीत, जुरी र ईन्करेजमेन्ट गरि कुल १४ जना अवार्डेड भएका छन् । कार्यक्रममा शिक्षासेवी मनोज आचार्य, कलाकार एवं संचारकर्मी गोकर्ण लामीछाने, खेलाडी नमराज भण्डारी सम्मानित भएका थिए ।

    
    अवार्डेड हुने डकुमेन्ट्री तथा सर्ट फिल्म र सर्जकहरु 
    पुर्ण राई, उत्कृष्ट डकुमेन्ट्री फिल्म (किङ्डम अफ हिमालय पर्यटन)
    गंगा भुजेल, उत्कृष्ट सर्टफिल्म छाउपडी (महिला तथा वालवालिका)
    शोविता सिंखडा, उत्कृष्ट डकुमेन्ट्री फिल्म चक्र (सामाजिक उत्तरदायीत्व)
    देवेन्द्र नेवाः, उत्कृष्ट पाश्र्व संगीत – डकुमेन्ट्री फिल्म (समय र सपना)
    सानुकाजी थापा , उत्कृष्ट निर्देशक – धार्मिक, डकुमेन्ट्री फिल्म (टोखा जात्रा) 
    जनकदिप पराजुली, उत्कृष्ट निर्देशक – पर्यटन, डकुमेन्ट्री फिल्म (ओएचएस) 
    शेखर खनाल, उत्कृष्ट डकुमेन्ट्री– मानव अधिकार (द स्याडो अफ माउण्ट)
    ओमा अधिकारी, उत्कष्ट छायांकार – डकुमेन्ट्री फिल्म (कथा नालापानीका)े
    नविन निरौला, उत्कृष्ट सम्पादन – डकुमेन्ट्री फिल्म (फुर्लुङ)
    दिपक समिर, उत्कृष्ट स्वरांकन – डकुमेन्ट्री फिल्म (नेपाल अर्थक्विक)
    रमेशमान श्रेष्ठ, उत्कृष्ट एनिमेटर – डकुमेन्ट्री फिल्म (द मंकि ट्याम्पल)
    हुस्नेद आजाद, उत्कृष्ट लेखन – डकुमेन्ट्री फिल्म (अत्ति भयो)
    अजय अधिकारी, जुरी अवार्ड, डकुमेन्ट्री फिल्म (सोच)
    रामशरण माझी, ईन्करेज्मेन्ट, डकुमेन्ट्री फिल्म (छतिवन)
    
    महोत्सव पौष २ देखी ५ गते सम्म सञ्चालन भएको थियो । 
    
    

    प्रतिक्रिया
    थप समाचार