Online Nepal शनिबार, बैशाख २९ २०८१

अर्थमन्त्री हट्ने हल्लाले नेप्सेमा दोहोरो अंकको बृद्धि

अर्थमन्त्री हट्ने हल्लाले नेप्सेमा दोहोरो अंकको बृद्धि


मध्यान्तर
  • आइतबार, भाद्र ७ २०७७

  • काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा कौ कार्यकाल यहि भदौ सम्म रहेको र फेरी थप्ने सम्भावना नरहेको हुनाले नेप्से दोहोरो अंकले बृद्धि भएको छ । आज बजारमा एकाएक अर्थमन्त्रीको बर्हिगमन हुने हल्ला चलेपछि नेप्सेमा १२.७७ अंकले बृद्धि भई १४१०.३४ अंकमा पुगेको हो ।

    नेकपा सरकारमा डा. खतिवडा अर्थमन्त्री बनेपछि निरन्तर ओरालो लागेको नेप्से आजको हल्लाले सुधारको संकेत देखिएको हो । खतिवडा अर्थमन्त्री हुँदा शैयरबजार सम्बन्धि विवादित नीतिनियम तथा निर्णय गरेकाले लगानीकर्ताहरुमा निराशा छाएको थियो ।

    बजार सुधारको संकेत स्वरुप आज करिब सवा अर्ब रुपैंयाँ कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार