Online Nepal सोमबार, बैशाख १७ २०८१

कुवेतमा आगलागीमा परेर तीन नेपालीको मृत्यु

कुवेतमा आगलागीमा परेर तीन नेपालीको मृत्यु


मध्यान्तर
  • आइतबार, असार २९ २०७६

  • काठमाडौं । कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला छन् । मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । सो अपार्टमेन्टमा शनिबार राति भएको आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या होइनन भन्ने पहिचान हुन नसकेको दूतावासको भनाई उदृत गर्दै परराष्ट्रमन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । आगलागीमा परेका १२ जनाको उद्धार गरिएको छ । आगलागी भएको स्थान महाबुल्लाहमा उल्लेख्य मात्रामा नेपाली कामदार बस्दै आएका छन् ।

    आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार