Online Nepal बिहिबार, बैशाख २० २०८१

दाल,भात तरकारीको भिजिट भिसामा सार्वजनिक, (भिडियो सहित)

दाल,भात तरकारीको भिजिट भिसामा सार्वजनिक, (भिडियो सहित)


मध्यान्तर
  • शुक्रबार, माघ ११ २०७५

  • काठमाडौं । चलचित्र दालभातको पहिलो भिडियो सार्वजनिक भएको छ । फिल्मको पहिलो म्युजिक भिडियो भिसामा सार्वजनिक गरिएको हो ।

    उक्त गीतलाई फिल्म युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरेका हुन् । भिडीयोमा फिल्मका मुख्य कलाकारहरुलाई डान्सिङ मुडमा देख्न सकिन्छ ।

    गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर, हरि बशं आचार्यको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको छ । भिडीयोलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् ।

    निर्माता किरण केसीकै पुत्र सुदन केसीले निर्देशन गरेका फिल्मका निर्माता रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, र यमन श्रेष्ठ हुन् ।

    हरेक मानिसले ‘दाल भात तरकारी’ खानका लागि गर्ने संघर्षको कथा बोल्ने फिल्ममा दिर्घ गुरुङको छायांकन रहेको छ । आगामी वैशाख १३ गते रिलिज हुने फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, बर्षा राउत, पुष्प खड्का, निरुता सिंह,आँचल शर्मा, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भूषाल, शिवहरी पौडेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार