Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय

याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय


मध्यान्तर
  • शुक्रबार, बैशाख ६ २०७६

  • काठमाडौं । वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत ‘याद तिम्रो धेरै आइरह्यो’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ । एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्योसँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका छन् । अधर एल्वमका यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भैसकेका छन् । यो सहित पाँच गीतको भिडियो सार्वजनिक भएको छ ।

    दोस्रो एल्वम समेत तयारी गर्दै गरेका शान्तिप्रिय पछिल्लो समयमा चलचित्र तथा आधुनिक गीती लेखनमा उत्तिकै सक्रिय रहेका छन् ।

    याद तिम्रो धेरै आइरह्यो मिल्छ भने थोरै घटाइदेउ
    सम्झी सम्झी रुनु भन्दा मिल्छ भने हासो पठाइदेउ ‘….
    याद तिम्रो धेरै आइरह्या’

    गीतको म्यूजिक भिडियो निर्देशन चर्चित कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन वरिष्ठ छायांकार राजु के.सी.ले गरेका हुन् भने श्रृंगार निर्मला आचार्यले गरेकी छिन् । गीतको सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गरेका हुन् ।
    शान्तिप्रियको शब्दको यो गीतलाई चर्चीत संगीतकार अर्जुन पोखरेलले संगीत गरेका हुन् भने युवा गायक युबराज चौलागाईले गाएका हुन् ।

    गीतमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवं राम ढकालको अभिनय हेर्न पाइन्छ । अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा क्रमश‘ जम्दै गरेका छन् ।
    म्यूजिक भिडियोलाई छायाँछवि क्रियशनले निर्माण गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार