Online Nepal आइतबार, बैशाख ३० २०८१
मनोरञ्जन

दाहालको निर्देशनमा ए इज फर एप्पल

दाहालको निर्देशनमा ए इज फर एप्पल

यस शैक्षिक गीतका गायक के.सी.लाई निकै मिहेनतका साथ खोजेपछि मात्र भेटीएका निर्देशक सुमन दाहाल बताउँछन् ।


अरबिन्द्र गौतम
  • शनिबार, भाद्र ९ २०७५

  • काठमाण्डौ – सम्राट क्रिएशनद्वारा बाल गायक आयुष के.सी.को स्वरमा रहेको निकैनै पृथक शैलिमा बालबालिकाहरु प्रति लक्षित गर्दै ए इज फर एप्पल बोल गीतको शैक्षिक भिडियो सावजनिक भएको छ । यस गीतका बालगायकले निकैनै मिहेनत गरेर गाएका छन् ।


    सुमन दाहालको निर्देशनमा निर्माण भएको यस बालगीतमा सन्तोष श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने सुजिता सिटौलाले छायांकन गरेको यस बाल शैक्षिक गीतको भिडियोलाई सुरेश राउतले संपादन गरेका छन् ।

    सावर्जनिक बाल गीतको भिडीयोमा मुख्य भूमिकामा भर्खरै मात्र राट्रभक्तिले ओतप्रोत गीतमा अभिनय गरेका बालकलाकार सम्राट दाहालको अभिनय रहेको छ ।

    यस शैक्षिक गीतका गायक के.सी.लाई निकै मिहेनतका साथ खोजेपछि मात्र भेटीएका निर्देशक दाहाल बताउँछन् । उनि भन्छन् : यस गीतले बालबालीकाहरुलाई पढ्न र सिक्न धेरै नै मद्दत गर्नेछ । अझ भनौं बालबालिकाहरुलाई यस गीतबाट निकै नै पढाई र सिकाइकालागि सहयोग पुग्ने छ । यस गीतमा सम्राट दाहालले अघिल्ला गीतहरुमा भन्दा यस बालगीतमा निकै मिहेनत गरेर धेरै राम्रो अभिनय गरेको निर्देशक बताउँछन् ।

    प्रतिक्रिया
    थप समाचार