Online Nepal शनिबार, बैशाख १५ २०८१

निजी प्रयोगशालाद्वारा सरकारी निर्देशनको अवज्ञाः पीसीआर टेष्ट गर्न ३९ सय लिने

निजी प्रयोगशालाद्वारा सरकारी निर्देशनको अवज्ञाः पीसीआर टेष्ट गर्न ३९ सय लिने


मध्यान्तर
  • सोमबार, असोज १२ २०७७

  • काठमाडौं । सरकारी निर्देशनको अवज्ञा गर्दै निजी प्रयोगशालाहरुले कोरोना परीक्षण (पीसीआर) शुल्क ३९ सय लिने बताएका छन् । पीसीआर परिक्षणमा चर्को शूल्क असुल्दै आएका ८ वटा निजी प्रयोगशालाहरुले संयुक्त वक्तव्य नै जारी गर्दै आरटी–पीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने बताएका हुन् ।

    सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ । तर निजी प्रयोगशलाहरुले चर्को शूल्क लिइरहेको पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शूल्क मात्र लिन भनेको थियो ।

    तर स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालाले संयुक्त वव्यक्त जारी गर्दै ३८९९ रुपैयाँ शूल्क लिने बताएका छन् । विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम यो शूल्क यथार्थपरक रहेकोसमेत उनीहरुले दाबी गरेका छन् ।

    स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण शूल्क निर्धारण गर्दा न्यायोचित दररेटमा गर्नुपर्ने निजी ल्याबहरुको माग छ ।

    यस्तो छ प्रेस विज्ञप्ति:

    प्रतिक्रिया
    थप समाचार