Online Nepal बिहिबार, बैशाख २७ २०८१

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५९९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५९९ जनामा कोरोना संक्रमण पुष्टि


मध्यान्तर
  • आइतबार, असोज १८ २०७७

  • काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका नियमित प्रेसमिट अनुसार काठमाडौँका १३७३, ललितपुरका १८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो।

    आइतबार देशभर २२५३ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६७ पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार