Online Nepal बिहिबार, बैशाख २७ २०८१

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एक कोरोना सङ्क्रमितको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एक कोरोना सङ्क्रमितको मृत्यु


मध्यान्तर
  • सोमबार, असोज १९ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एक कोरोना सङ्क्रमितको सोमबार बिहान मृत्यु भएको छ। धरान १५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो ।

    उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको हो।  यो सँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ। प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार