Online Nepal बिहिबार, बैशाख २७ २०८१

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमित


मध्यान्तर
  • सोमबार, असोज १९ २०७७

  • काठमाडौँ ।  पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको  छ।

    योसँगै  कोरोना संक्रमितको कुल संख्या ८९ हजार ८ सय ६३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ताका अनुसार  सोमबार  १ हजार १ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको  जम्मा संख्या ६५ हजार  ५ सय २ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ ७ ८१  जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    हाल देशभर २३ हजार ५ सय ७  जना कोरोना संक्रमित रहेका छन् भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ४ हजार ३३ रहेको छ।

    प्रतिक्रिया
    थप समाचार