Online Nepal बिहिबार, बैशाख २७ २०८१

काठमाडौँ उपत्यका कोरोनाको हटस्पट बन्दै ,सोमबार मात्र १ हजार ५ सय ३१ संक्रमीत थपिए

काठमाडौँ उपत्यका कोरोनाको हटस्पट बन्दै ,सोमबार मात्र १ हजार ५ सय ३१ संक्रमीत थपिए


मध्यान्तर
  • सोमबार, असोज १९ २०७७

  • काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ५ सय ३१ जनामा कोरोना  संक्रमण  देखिएको  छ।

    स्वास्थ्य मन्त्रालयको नियमित प्रेस मिट अनुसार काठमाडौँका ११७८, ललितपुरका २५०, तथा भक्तपुरका १०३ जनामा संक्रमण पुष्टि भएको हो। देशभर पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ। सोोमबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    प्रतिक्रिया
    थप समाचार