Online Nepal बिहिबार, बैशाख २७ २०८१

अत्याधिक टाउको दुख्ने गरेको त छैन ? कारण यस्ता पनि हुनसक्छन्

अत्याधिक टाउको दुख्ने गरेको त छैन ? कारण यस्ता पनि हुनसक्छन्


मध्यान्तर
  • आइतबार, जेष्ठ २७ २०७५

  • आजको ब्यस्त अनि तनावपुर्ण दैनिकीमा टाउको दुख्ने समस्या धेरै मानिसमा भएको पाईन्छ । हामी सबैलाई कहिलेकाहीँ टाउको दुख्ने गर्छ । टाउको दुख्ने वित्तिकै डाक्टरलाई जचाउनै पर्छ भन्ने जरुरी छैन । लामो समयदेखि टाउको दुखेमा वा अचानक वेस्सरी दुख्न थालेमा डाक्टरको परामर्श लिनुपर्ने हुनसक्छ । त्यसैले टाउको दुख्ने वित्तिकै आत्तिनु हुँदैन । टाउको दुख्ने कारण सामान्य भएमा कुनै विशेष उपचारको आवश्यकता हुँदैन । पारासिटामोलको चक्की खान मिल्छ । तर असामान्य कारणहरु छन् भने डाक्टरको परामर्श लिनुपर्छ ।
    टाउको दुख्ने कारणहरु :
    सामान्य कारणहरु : ज्वरो आउने, धेरै मानसिक तनाव, रुघाखोकी, गर्मीमा हिँडेमा, टाईफाईड ज्वरो, चिसो लागेमा
    असामान्य कारणहरु : माईग्रेन, पिनास, आँखाको समस्या, टेन्सन हेडेक, अनियन्त्रित रक्तचाप, मस्तिष्कको ट्युमर, मस्तिष्कघात
    लामो समयदेखि टाउको दुख्ने कारणहरु :
    माईग्रेन, आँखाको समस्या, टेन्सन हेडेक, क्रोनिक साईनुसाईटिस, माईग्रेन र टेन्सन हेडेक, मस्तिष्कको समस्या
    कस्तो टाउको दुखाईमा जचाउनै पर्छ ?
    मस्तिष्कमा केही समस्या भएको शंका भएमा तुरुन्तै डाक्टरलाई भेट्नुपर्ने हुन्छ । मस्तिष्कको संक्रमण,मस्तिष्कको ट्युमर वा स्ट्रोकको शंका भएमा तुरुन्तै न्यूरोलोजिष्ट वा फिजिसियनसंग जचाउनुपर्छ ।
    खतराका संकेतहरु :
    १. उल्टी भएमा
    २. सहन नसक्ने गरी दुखेमा
    ३. दृष्टिमा समस्या : एउटा वस्तु र्दुृवटा देखिएमा, एउटा आँखाले राम्ररी नदेखिएमा,आँखा वाँगिएमा
    ४. होस कम भएमा वा वेसुरको कुरा गरेमा
    ५. मुख वाँगिएमा
    ६. विहान उठ्ने वेलादेखि टाउको दुखेमा,खोक्दा दुखाई बढेमा
    ७. हिँड्दा अप्ठ्यारो भएमा
    ८. धेरै रिंगटा लागेमा
    माईग्रेन :
    यो समस्या महिलामा वढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै देखिने कारण हार्मोनसंग संवन्धित भएको धारणा छ । पुरुषमा पनि माईग्रेन हेडेक १५ देखि ४० वर्षको उमेरमा बढी देखिन्छ । बृद्धा अवस्थामा यो समस्या कम देखिन्छ । ५० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टाउको दुखेमा अन्य कारण हुनसक्छ, त्यसैले न्यूरोलोजिष्टसंग जाँच गराउनुपर्छ । माईग्रेनको दुखाई धेरैजसो टाउकोको एकातिर हुनेगर्छ । दुखाई विस्तारै विस्तारै बढ्दै जान्छ । मुटुको चालसंगै टाउकोको नशा पनि ढुकढुक गरेको अनुभव हुन्छ । घाउ दुखे जस्तै दुख्ने गर्दछ । टाउको दुखाई बढ्दै जाँदा वाकवाकी र वान्ता हुनसक्छ । वान्ता भएपछि टाउको दुख्न कम हुनथाल्छ ।
    टाउको दुख्ने वेलामा उज्यालोमा वा घाममा जान ईच्छा हुँदैन । अँध्यारोमा एक्लै वस्ने र अरुले वोलेको मन नपर्ने आदि लक्षणहरु देखापर्न सक्छन् । सुतेर उठेपछि दुखाई कम हनथाल्छ । धेरै विरामीलाई टाउको दुख्नुभन्दा केहीवेर अगाडि नै थाहा हुनसक्छ । यसलाई ‘अउरा’ भनिन्छ । टाउको दुख्नेसंगै रिंगटापनि लाग्नसक्छ । माईग्रेनको टाउको दुखाईलाई ईपिसोडिक भनिन्छ । यसको अर्थ यो आउने र जाने हुन्छ । पुरै दुखाई केही घण्टाको मात्रै हुन्छ र २४ घण्टाभित्र ठीक भईहाल्छ । कहिलेकाहीँ मात्रै एउटा ईपिसोड २४ घण्टा घन्दा बढी हुन्छ ।
    के गर्दा सुरु हुन्छ माईग्रेन हेडेक ?
    माईग्रेनको विरामीले केही कुरामा संयम गर्नु जरुरी हुन्छ । खानपिन वा जीवनशैलीमा अनुशासन नभएमा माईग्रेन हेडेक पटकपटक हुनेगर्छ । त्यसैले प्रत्येक विरामीले माईग्रेनको अट्याकलाई कम गर्न निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।
    माईग्रेन हेडेक हुन नदिन गर्नुपर्ने कुराहरु : खाली पेट धेरै वेर नवस्ने, चिसोमा नवस्ने, गर्मीमा नहिँड्ने, चकलेट, क्रिम धेरै नखाने, टाउको दुख्ने वित्तिकै पारासिटामोल खाने, मानसिक तनाव कम गर्ने
    टेन्सन हेडेक :
    यो समस्या पनि धेरै मानिसलाई हुन्छ । माईग्रेनको तुलनामा यो पुरुषमा बढी देखिन्छ । यसमा एकनासले टाउको दुखी राख्ने हुन्छ । टाउको मन्द मन्द वा जोडले दुख्नसक्छ । कहिलेकाहीँ एउटै विरामीलाई माईग्रेन र टेन्सन हेडेक दुवै हुनसक्छ । टेन्सन हेडेक मानसिक तनावले मात्र हुँदैन ।अरु कारणहरु पनि हुनसक्छ । टेन्सन हेडेक बिस्तारै सुरु हुने र बिस्तारै निको हुने गर्दछ । टेन्सन हेडेक दुखाईको तिव्रता माईग्रेन भन्दा कम हुन्छ ।
    रिंगटा लाग्नु :
    वृद्धावस्थामा यो समस्या अत्यन्तै धेरै भएको पाईन्छ । कहिलेकाहीँ ४० देखि ६० वर्ष उमेरका मानिसमा पनि देखिन्छ । रिंगटा लाग्ने कारण साधारणदेखि अति जटिलसम्म पनि हुनसक्छ । धेरैजसो यो आफैं ठीक भईहाल्छ ,तर कहिलेकाहीँ समस्या बढी भएमा डाक्टरसंग परामर्श लिनुपर्छ । धेरैजसो अवस्थामा रिंगटाको निश्चित कारण भेटाउन गाह्रो हुन्छ ।
    रिंगटाका प्रमुख कारणहरु : आँखाको समस्या, माईग्रेन, मधुमेह, रक्तचाप र सुगर कम हुनु, मुटुको चालको समस्या, मस्तिष्कको समस्या, उच्च रक्तचापको औषधीको प्रयोग, भाईरल संक्रमण, घाँटीको हड्डी खिईनु, कानको समस्या केही ब्यबहारीक समाधानको बाटोहरू:

    धेरैबेर सम्म टिभी अथवा कम्प्युटरमा व्यस्त हुँदा, मध्यपान गरेर विहानीपख ह्याङ्गोभर हुँदा अनि घरव्यवहारको चिन्ताले गर्दा धेरैजसोलाई टाउको दुख्ने समस्याले सताइरहेकै हुन्छ। अलिअलि टाउको दुख्दा त कुनै काम गर्नको लागि असहज हुन्छ भने ४\५ दिनसम्म लगातार टाउको दुख्दा कस्तो हालत हुन्छ।

    यसरी कैयौँ दिनसम्म लगातार टाउको दुख्ने समस्यालाई ‘माइग्रेन’ (migraine) भनिन्छ। माइग्रेनबाट ग्रसित हुनेहरूलाई विशेष गरी आधा टाउको दुख्ने गर्दछ। कहिले दाहिने टाउको दुख्छ भने, कहिले देब्रे! कहिले अगाडिको टाउको दुख्छ भने कहिले पछाडिको!

    यसरी लगातार टाउको दुख्न थालेपछि विभिन्न थरीका औषधीहरू प्रयोग गर्ने गरिन्छ। तर यसरी नियमित रूपमा पेनकिलर तथा सिटामोलको प्रयोग गर्नाले टाउको दुख्ने समस्या झन् बढी हुँदै जाने नयाँ खोजले बताएको छ।

    त्यसो भए यसको समाधान के त ?

    १. यौन सम्पर्क

    न्यूरोलोजिस्टहरूका अनुसार माइग्रेन जस्तो लगातार टाउको दुख्ने समस्यालाई नियमित रूपमा यौन सम्पर्क गर्दा धेरै राहत मिल्दछ। अनुसन्धानमा संलग्न भएका आधाभन्दा बढी माइग्रेन ग्रसितहरूले यौन सम्पर्कपछि त्यसको लक्षणमा केहि कम आएको महशुस गरेका थिए। यौन सम्पर्क गर्नाले हाम्रो शरीरमा प्राकृतिक पेनकिलर ‘इण्डोरफिन’ (Endorphins) पैदा हुने गर्दछ र मांशपेसी दुख्ने, टाउको दुख्ने जस्ता समस्यालाई कम गर्दछ।

    २. महङ्गा पेनकिलरको प्रयोग नगर्नुहोस्

    headache-solution (4)

    ‘प्लस’ अथवा ‘एक्स्ट्रा’ लेखेका पेनकिलरहरूबाट टाढै रहनुहोस्। यसको प्रयोगले छिटै टाउको दुखेको निको हुन्छ भन्ने धेरै मानिसहरूको धारणा रहेको हुन्छ, तर यस्ता औषधीहरूमा क्याफिन र कोडिन जस्ता रसायनहरूको प्रयोग गरिएको हुन्छ, जसले गर्दा हाम्रो शरीरलाई चाहिने हर्मोनहरूको विकासमा वाधा पुर्याउँदछ।

    ३. सिधा भएर बस्नुहोस्
    टाउको दुख्यो भन्दैमा कुर्सीमा बसेर निहुरो पर्नु अथवा टाउको पछाडि पारेर बस्नु उचित हुँदैन। यसरी कुर्सीमा सी-आकार (C-shape) मा बस्दा हाम्रो टाउको ठाडो हुन जान्छ र घाँटी तन्किन जान्छ। यसरी घाँटी तन्किँदा मस्तिष्कका स्नायुहरू च्याप्पिने हुन्छ र टाउको दुख्न कुनै बेर लाग्दैन।

    headache-solution (5)त्यसैले कुर्सीमा बस्दा दुवै खुट्टाले सिधा भुइँमा टेक्नुहोस्, पिठ्युँ र घुँडालाई सिधा राख्नुहोस्, ढाडलाई पनि सिधा बनाउनुहोस् र अगाडि हेर्नुहोस्। यस्तो पोजिसनमा बस्दा शरीरको काम गर्ने प्रक्रियामा कुनै बाधा नपुग्ने चिकित्सक सल्लाह दिने गर्दछन्।

    ४. ह्याम स्याण्डवीच तथा ह्याम बर्गर नखानुहोस्
    यदि तपाईँलाई टाउको दुख्ने समस्याले सताइरहन्छ भने, ह्याम राखिएका बाह्य खानेकुराहरूको सेवन नगर्नुहोस्। यसमा ‘टाइरामाइन’ (tyramine) र ‘नाइट्रेट’ (nitrate) जस्ता तत्वहरू हुन्छन्, जसले मस्तिष्कमा रगतको चाप बढाउने काम गर्दछ। मस्तिष्कमा रगतको चाप बढेपछि टाउको दुख्नु स्वाभाविक नै हुन जान्छ।

    headache-solution (6)साँधेको, गाढेको, पोलेको र बफाइएको खानेकुराहरूमा पनि टाइरामाइन प्रशस्तै हुने गर्दछ, त्यसैले गाढेको अचार मीठो छ भन्दैमा नखानुहोला।

    ५. गेडागुडी धेरै खानुहोस्

    गेडागुडीमा ‘म्याग्नेसियम’ जस्ता फाइदाजनक खनिजपदार्थ धेरै मात्रामा पाइन्छ, यसले शरीरका माशंपेसीहरूलाई आराम प्रदान गर्दछ। हाम्रो शरीरमा म्याग्नेसियमको मात्रा कमी भयो भने मस्तिष्कमा रगतको चाप कम हुने तथा रगतमा सुगरको मात्रा कम हुने हुन्छ, जसले गर्दा टाउको दुख्ने समस्या निम्त्याउने चिकित्सकहरूको धारणा रहेको छ। अनुसन्धानकर्ताहरूले खोज गरेअनुसार धेरैजसो माइग्रेन ग्रसितहरूमा म्याग्नेसियमको मात्रा कमी भएको देखिएको छ।

    headache-solution (7)

    म्याग्नेसियम प्रशस्तै पाइने अन्य खाद्यपदार्थहरूमा हरियो सागपात, गोलभेडा, आलु, जौ, फापर, आदि पनि पर्दछन्।

    ६. पर्फ्युमलाई बिर्सिदिए हुन्छ
    headache-solution (8)

    कडा बासना भएका पर्फ्युम, आफ्टरसेभ, साबुन, एयर फ्रेसनर तथा घरायसी सामान सफा गर्ने कुराहरूमा हाम्रो नाकमा भएका स्नायू कोषहरूलाई सक्रिय गराउने रसायनिक पदार्थहरू हुन्छन्। ती स्नायू कोषहरूको सिधा सम्बन्ध मस्तिष्कसँग हुने गर्दछ। कतिपय व्यक्तिहरूमा यसले गर्दा कडा टाउको दुख्ने समस्या हुन जान्छ। त्यसैले यदि फ्रेसनर प्रयोग गर्नुहुन्छ भने झ्यालबाट हावा छिर्न दिनुहोस् र रसायनबिहीन फ्रेसनरको प्रयोग गर्नुहोस्।

    ७. २०\२० नियमको पालना गर्नुहोस्

    कार्यालयमा दिनैभरी कम्प्युटरको स्क्रीनमा हेरिराख्ने व्यक्तिहरूमा धेरैजसो टाउको दुख्ने समस्या देखापर्ने हुन्छ। त्यसको साथसाथै थकाइ लाग्ने र आँखा तिरमिराउने जस्ता शारीरिक समस्या पनि देखापर्न सक्छ।

    त्यसैले हरेक २० मिनेटमा कम्प्युटर स्क्रीनबाट आँखा हटाउनुहोस् र लगभग २० फिट पर २० सेकेण्डसम्म हेर्ने बानी बसाल्नुहोस्।

    ८. कपाललाई नकस्नुहोस्

    headache-solution (9)

    कपाललाई बेस्सरी कसेर बाँध्दा तालुमा भएका स्नायू कोषहरू खुम्चिने गर्छन् र टाउको दुख्ने समस्या आउन सक्छ। त्यसैले, विशेष गरी महिलाहरूमा माइग्रेनको समस्या छ भने कपाल छोडेर राख्नुहोस् अथवा हलुका मात्रै बाँध्नुहोस्।

    ९. प्रशस्त पानी पिउनुहोस्

    headache-solution (1)

    पानीबिना कुन प्राणीको जीवन सम्भव छ होला र? मानिसहरूमा धेरैजसो शारीरिक समस्या तथा डरलाग्दा रोगहरूको कारण नै पानीको कमी हुनु हो। टाउको दुखिराखेको छ भने पनि १\२ गिलास सफा पानी आरामले पिउनुभयो भने पनि धेरै राहत पाउन सकिन्छ

    १०. शरीरलाई प्रशस्त निन्द्रा दिनुहोस्

    headache-solution (3)

    आफ्नो शरीरको स्वास्थ्यभन्दा महत्वपूर्ण अरू केहि पनि हुँदैन। शरीर नै नरहे अरू के कुराको मतलब हुन्छ र? त्यसमाथि निन्द्रा भनेको त शरीरलाई नभई नहुने कुरा हो। दिनभरीको काम र व्यवहारले हामी शारीरिक तथा मानसिक दुवै तवरले थकित भइरहेका हुन्छौँ, त्यस्तो बेलामा शरीरलाई आरामदायी निन्द्राको खाँचो पर्दछ।

    ११. योग गर्नुहोस्

    headache-solution (2)

    विहान उठेर विभिन्न योगका आसनहरू गर्नाले पनि टाउको दुख्ने समस्यामा कमी हुँदै जान्छ। योग गर्नाले शरीर तथा दिमागलाई आराम मिल्ने र आफ्नो दुखाइमा नियन्त्रण हुने पनि योगविदहरूको विश्वास रहेको छ।

    १२. सहने बानी बसाल्नुहोस्

    यदि तपाईँलाई माइग्रेन नै भएको हो भने, त्यसको दुखाईको बारेमा तपाईँलाई थाहै हुनुपर्ने! कुनै पनि पेनकिलर खाएपनि सञ्चो हुँदैन, न पानी पिएर ठीक हुन्छ, न मसाज गरेर! त्यसैले यसको सबैभन्दा उचित तर गाह्रो उपाय भएको ‘सहनु’ नै हो।

    प्रतिक्रिया
    थप समाचार