Online Nepal बिहिबार, बैशाख २० २०८१
विचार

जेट विमानका जोर पाइलट किन दुईतिर ?

जेट विमानका जोर पाइलट किन दुईतिर ?

जनविश्वास माथि खेलवाड


लाल बहादुर विक
  • आइतबार, माघ २७ २०७५

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टि नेकपामा पछिल्लो समय दरार सिर्जना भएको छ । नेकपामा भेनेजुएला प्रकरणले दरार ल्याएको हो । नेकपाले एकता प्रक्रिया अघि सारेको लामो समय वितिसक्दा पनि एकता हुन् नसकेको अवस्थामा यस्तो समस्या आउँदा नेकपामा दरार आएको हो ।

    एकता घोषणाको क्रममा एउटै जहाजका दुई पाईलट भएको जेट डुब्दैन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका थिए । तर, अहिले यसको विपरित दिशामा दुई पाईलट छन् । जनताले विश्वास गरेको नेकपालाई दुईतिहाई सहित सरकारमा पठाएको गुन तिर्ने बेलामा एक अर्कासंग पौडेजोरी खेलिरहेका छन् ।

     

    लेखकः लाल बहादुर विक

    लेखकः लाल बहादुर विक

     

    ‘‘मौन बसिरहेको प्रतिपक्षले प्रतिक्षा गरिरहेको घडि नेकपा आफैले ल्याएको हो । एकता गर्न लामो कसरत गर्दा समेत जहाजका यात्रुलाई सिट तोक्न नसकेको जेट विमानले यात्रुहरुलाई दुर्घटनामा पार्न सक्ने खतरा उत्तिकै देखिन्छ ।’’

     

    जसका कारण विमान अवतरण हुने अवस्थामा पुगेको छ । यसले अब नेकपा एकता टुंगिएको भान हुदै गएको छ । ओली र प्रचण्डको पछिल्ला अभिब्याक्तिले प्रतिपक्षि बलियो बन्दै गएको छ । हुनत घरमै प्रतिपक्षि भएछि किन चाहियो प्रतिपक्षि ? यसले प्रमुख प्रतिपक्षि कांग्रेसलाई झन सहज वातावरण सिर्जाना गरेको छ ।

     

    मौन बसिरहेको प्रतिपक्षले प्रतिक्षा गरिरहेको घडि नेकपा आफैले ल्याएको हो । एकता गर्न लामो कसरत गर्दा समेत जहाजका यात्रुलाई सिट तोक्न नसकेको जेट विमानले यात्रुहरुलाई दुर्घटनामा पार्न सक्ने खतरा उत्तिकै देखिन्छ ।

     

    आफ्नै समस्या समाधान गर्न नसक्ने नेकपाले भेनेजुएला बारे चिन्ता गर्नु ब्यर्थ भएको टिप्पणि हुन थालेको छ । नेकपामा तरङ्ग ल्याउने प्रमुख कारण नै त्यहि भएकाले अहिले यसलाई थाति राखेर एकता प्रकृया टुंग्याउनु नै नेकपाको प्रमुख दायित्व हो ।

    प्रतिपक्ष हुँदा एक अर्काको खेदो खन्ने तत्कालीन एमाले अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन माओबादि अध्यक्ष प्रचण्ड पार्टि एकतापछि भने एक अर्काको विरुद्धमा बोलेका थिएनन् । तर, अहिले उनीहरुले एक अर्काको विरोध गर्न थालेका छन् ।

    यसका विषयमा पछिल्लो समय राजनिती चासो राख्ने व्याक्तिहरुले खुलेरै बहस गर्दै छन् । अहिले चिया पसल देखि लिएर सांसद भवन सम्म यसको चर्चा परिचर्चा हुन थालेको छ ।

    यसले प्रधानमन्त्री ओलीलाई एक्ल्याउने खतरा समेत बढिरहेको पाईन्छ । नेकपा एकता र सरकार गठनको एक वर्ष नपुग्दै नेकपामा अध्यक्षहरु बीचमा युद्ध सिर्जना हुनुले आम सर्वसाधारणलाई समेत चासोको विषय बनेको हो । अधिकांसले अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर समस्या समाधा गर्नुको साटो उतारचढाव देखिनु उपयुक्त हाईन ।

    प्रधानमन्त्री ओली देश बाहिर रहेको अवस्थामा प्रचण्डले भेनेजुयलामा जारी राजनीतिक संकटबारे अमेरिकी हस्तक्षेप अस्विकार्य भन्दै कडा निन्दा गरेका थिए । यो सँगै प्रचण्डले शान्ति सम्झौता विपरित कदम चालिएको त होइन भन्दै आशंका बढाएका छन् । सोहि कारणले प्रचण्डको आक्रोश बढ्दै गएको पाईन्छ ।

    एउटै जहाजका दुई पाइलट दुई तिर हाक्किएको यसले प्रस्ट पारेको छ । प्रचण्डले यस विषयमा बोल्दै देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी समेत दिएका छन् । यसकारण प्रचण्डको भाषणमा ठुलै कुन्तुरो लुकेको लख काटिएको छ । सरकारमा समेत असर पर्ने देखिन्छ । भाषण नाम नजोडिकन ओली लक्षित गरि प्रचण्डले प्रहार गरिरहेका छन् ।

    प्रचण्डको वक्तव्यबाट अमेरिकाभन्दा पहिले ओली नै बिच्किन सक्ने खतराले कतै दुई तिहाईको विमान डुब्छ की भन्ने खतरा बढिरहेको छ । यस्ता घटना क्रमहरु कम हुनुको साँटो दैनिक बढिरहेको पाईन्छ । प्रधानमन्त्री देश बाहिर रहेको अवस्थामा प्रचण्डले पार्टीका शीर्ष नेता माधवकुमार नेपाल लगायतका नेताहरुसँगको परामर्शमा नै वक्तव्य जारी गरेको बताएपछि एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा नेता नेपालले नेताहरुले सुजबुझ नआएको उल्लेख गरेका थिए ।

    यसले ओलीविरुद्ध मोर्चाबन्दी कस्न प्रचण्डको यो वक्तव्य नै प्रमुख अस्त्र बनेको छ । भित्री रुपमा ओलीसँग असन्तुष्ट नेता झलनाथ खनाल र वामदेव गौतमपनि प्रचण्डकै पक्षमा देखिएका छन् । अहिले प्रचण्ड पनि केपी ओली प्रति सशंकित मात्रै होईन आक्रोशित भएका छन् ।

    प्रतिक्रिया
    थप समाचार