Online Nepal बुधबार, बैशाख २६ २०८१

उपनिर्वाचन : आज उजुरी जाचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन

उपनिर्वाचन : आज उजुरी जाचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन


मध्यान्तर
  • सोमबार, चैत्र २६ २०८०

  • काठमाडौं । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत आज उजुरीमाथि जाँचबुझ गरिने भएको छ । उपनिर्वाचनमा उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजरीमाथि निर्वाचन आयोगले छानबिन गर्ने कार्यतालिका छ ।

    आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो । हिजै अपराह्न ३ बजेपछि २६ गते ९आज० बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ ।
    आज बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७  बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार