Online Nepal सोमबार, बैशाख १७ २०८१

ओली दोस्रो पटक एमाले अध्यक्षमा विजयी

ओली दोस्रो पटक एमाले अध्यक्षमा विजयी


मध्यान्तर
  • मंगलबार, मंसिर १४ २०७८

  • काठमाडौं । एमालेको १० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । सर्वसम्मत हुने ओलीको आंकाक्षामा भीम रावलले चुनौती खडा गरेपछि उनी महाधिवेशनमा मंगलबार भएको मतदानबाट बहुमतले विजयी भएका हुन् । उनले अहिलेसम्म १८०८ मत ल्याएका छन् ।

    रावलले २१३ मत पाएका छन् । स्रोतका अनुसार गणना गरेको मतको रुजु भइरहेकोले प्राप्त मतको संख्या बढ्न सक्नेछ । २०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए । एमाले र माओवादी केन्द्रको एकता गत वर्ष फागुनमा अदालतको आदेशका कारण भंग भएपछि एमालेले १०औं महाधिवेशन गरेको हो ।

     

    प्रतिक्रिया
    थप समाचार