Online Nepal मंगलबार, बैशाख २५ २०८१

नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा विजयी

नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा विजयी


मध्यान्तर
  • शनिबार, जेष्ठ २८ २०७९

  • काठमाडौं । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा विजयी भएका छन् । शुक्रकबार भएको निर्वाचनमा उनी ७३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत प्राप्त गरे ।

    सोलुखुम्बुमा जन्मिएका निमा पर्यटन व्यवसायी हुन् । ट्रेकिङ व्यवसायबाट प्रवेश गरेका शेर्पा अहिले अल्टिच्युड हेलिकोप्टरका मालिक हुन् । उनी सफल होटल व्यवसायी पनि हुन् ।

    शेर्पा सन् १९८८ बाट पर्यटन क्षेत्रमा सक्रिय छन् । सन् २०१६ बाट हेलिकोप्टर कम्पनीमा लगानी गरेका उनी अहिले पनि नेपालको प्रमुख आय स्रोत रहेको पर्यटन क्षेत्रमा सरकारले आवश्यक ध्यान दिन नसकेको बताउँछन् ।
    यस्तै, वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत प्राप्त गरी विजयी भएका छन् । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा ४२० मत प्राप्त गर्दै निर्वाचित भएका छन् । द्वितीय उपाध्यक्षमा दावा याङजुम शेर्पा ४८२ मत ल्याएर विजी भएका छन् ।

    मोहन लम्साल महासचिवमा ४८९ मत पाएर विजयी भएका छन् भने सचिवमा धनबहादुर गुरुङ५१२ मत ल्याउँदै निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा मुक्ति पाण्डेले ३६० मत प्राप्त गर्दै विजय हासिल गरेका छन् ।

    दस्यतर्फ आङदावा शेर्पा, किसान गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा, दिनेश तामाङ, ङिमा डोमा शेर्पा र डोमा शेर्पा विजयी भएका छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार