Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

प्रतिनिधिसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित


मध्यान्तर
  • बुधबार, असार २२ २०७९

  • काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनार्दन शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ । तर, त्यसअघि अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधिसभामा राख्न चाहेका छन् ।

    एमालेले भने शर्मालाई बहिस्कार गर्दै आएको छ । यसबारे अहिले पनि संसदमा रहेका प्रमुख दलहरुबीच छलफल चलिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार