Online Nepal बुधबार, बैशाख १९ २०८१

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित


मध्यान्तर
  • बिहिबार, माघ ५ २०७९

  • काठमाडौँ । संघिय संसद प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

    बिहिबार भएको निर्वाचनमा कांग्रेसका इश्वरी न्यौपालेलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् । उनको पक्षमा १ सय ६७ मत पाए भने विपक्षीमा १०० मत पर्‍यो ।

    घिमिरेले झापा क्षेत्र नं.२ बाट निर्वाचित सांसद हुन् । उनले माओवादीका हरि रानालाई पराजित गरेर प्रतिनिधि सभामा पहिलो पटक सहभागिता जनाएका हुन् ।

    उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिए ।

    कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेको छ

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार