Online Nepal शुक्रबार, बैशाख १४ २०८१

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु


मध्यान्तर
  • सोमबार, असार २७ २०७९

  • काठमाडौं । काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ ।

    काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा आउँदो प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको रणनीतिका सन्दर्भमा पनि छलफल हुने बताएका छन् । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।

    भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् । यो प्रस्ताव आजदेखि बस्ने बैठकमा प्रस्तुत गरिनेछ । बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्थाको रुपमा अनुमति प्रदान गर्नेछ । अब काँग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार