Online Nepal शुक्रबार, बैशाख १४ २०८१

कोरोनामा भएको मानवीय क्षतिमा तत्कालीन सरकार र ओली प्रमुख रूपमा जिम्मेवार हुन् : कांग्रेस

कोरोनामा भएको मानवीय क्षतिमा तत्कालीन सरकार र ओली प्रमुख रूपमा जिम्मेवार हुन् : कांग्रेस


मध्यान्तर
  • शनिबार, कार्तिक १२ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार जस्तो अनुत्तरदायी र असंवेदनशील सरकार नेपालको इतिहासमै नभएको टिप्पणी गरेको छ।
    शनिबार चुनावी घोषणापत्रमा कांग्रेसले ओली नेतृत्वको पूर्ववर्ती सरकारको कडा आलोचना गरेको हो।

    कांग्रेसले कोरोना महामारीमा भएको मानवीय क्षतिमा तत्कालीन सरकार र पूर्वप्रधानमन्त्री ओली प्रमुख रूपमा जिम्मेवार भएको आरोप पनि लगाएको छ। ‘जनताको स्वास्थप्रति यो हदसम्मका अनुत्तरदायी र असंवेदनशील सरकार नेपालको इतिहासमा अहिलेसम्म थिएन’, घोषणापत्रमा भनिएको छ।

    कांग्रेसले तथ्य र तथ्यांकका आधारमा विश्लेषण गर्दा नेकपा, नेकपा एमाले र पूर्वप्रधानमन्त्री ओलीको कारणले झण्डै ४१ महिनाको अवधि पूर्ण रूपमा खेर गएको ठहरसमेत गरेको छ।

    ‘ एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको क्षणदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, नागरिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अंग सञ्चार जगतमाथि नियोजित रूपमा आक्रमण गर्दै वाम गठबन्धनले पाएको अवसरको अधिकांश समय र ऊर्जा सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टतामा खर्च गरिएको थियो’, घोषणापत्रमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार