Online Nepal शनिबार, बैशाख १५ २०८१

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई


मध्यान्तर
  • सोमबार, पुष ११ २०७९

  • काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

    पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै ‘क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको छ । हाम्रो दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतीक्षा गरिरहेको छु’, भनेका छन् ।

    प्रतिक्रिया
    थप समाचार