Online Nepal सोमबार, बैशाख १७ २०८१

प्रधानमन्त्रीको चीन भ्रमण : बीआरआई परियोजना कार्यान्वयनलाई छिटै अन्तिम रुप दिने प्रतिबद्धता

प्रधानमन्त्रीको चीन भ्रमण : बीआरआई परियोजना कार्यान्वयनलाई छिटै अन्तिम रुप दिने प्रतिबद्धता


मध्यान्तर
  • मंगलबार, असोज ९ २०८०

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´को चीन भ्रमणको क्रममा संयुक्त वक्तव्य जारी भएको छ ।

    आज बिहान सार्वजनिक संयुक्त व्यक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनलाई छिटै अन्तिम रुप दिने प्रतिबद्धता जनाइएको छ ।

    नेपालले सन् २०१७ को मे १२ मा बीआरआईमा हस्ताक्षर गरेको थियो । तर अहिलेसम्म बीआरआई कार्यान्वयन योजनामा सम्झौता नभएका कारण यस अन्तर्गत कुनै पनि परियोजना अगाडि बढ्न सकेका छैनन् ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार