Online Nepal शनिबार, बैशाख १५ २०८१

बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नवौं पटक नियुक्त

बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नवौं पटक नियुक्त


मध्यान्तर
  • सोमबार, माघ १५ २०८०

  • काठमाडौं । छिमेकी भारतको बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् । यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी भारतीय जनना पार्टी बीजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनले आइतबार शपथ पनि लिएका छन् ।

    आइतबार राजीनामा दिएका उनी ६ घन्टा पनि नबित्दै पुनस् मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी बिहारको मुख्यमन्त्री बनेको यो नवौं पटक हो ।

    नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राष्ट्रिय जनता दलसँग मिलेका थिए । तर त्यो गठबन्धन तोड्दै नितिश कुमारको जनता दल युनाइटेड फेरि बीजेपीसँग मिलेको हो ।

     

    प्रतिक्रिया
    थप समाचार